punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

फेरि कञ्चनपुर निषेधाज्ञा जारी

Chaupati
safha napa

फेरि कञ्चनपुर निषेधाज्ञा जारी गरिएको छ । कोरोना भाईरस संक्रमण जोखिम कायमै रहेकाले जनस्वास्थ्यमा गम्भीर असर पर्न सक्ने भन्दै बढी भिडभाड हुने गतिविधिहरुका लागि आज बिहानै देखी लागु हुने गरी फेरि निषेधाज्ञा जारी गरेको जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जनाएको छ ।
कुनै पनि मेला, पर्व, महोत्सव, जात्रा सञ्चालन गर्न, मानिसहरु भेला हुन, भिडभाड गर्न, जुलुस गर्न, सिनेमा हल, पाटी प्यालेस, डिपार्टमेण्ट स्टोर, मनोरञ्जन स्थल, डान्सबार, सैलुन, व्युटिपार्लर तथा स्पा, स्वीमिङ पुल, जिमखाना, हेल्थक्लब, पुस्तकालय आदि सञ्चालन र सबै प्रकारका धार्मिक तथा सामाजिक स्थल समेत सञ्चालन गर्न नपाइने कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी राम कुमार महतोद्धारा जारी आदेशमा भनिएको छ ।

यसैगरि २५ जना भन्दा बढी व्यक्तिहरु सहभागी हुने गरी आयोजना गरिने बैठक, गोष्ठी वा सेमिनार समेत गर्न नपाइने उनले बताएका छन् ।

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले आइतबार साँझ जारी गरेको आदेशानुसार, कञ्चनपुर जिल्ला स्थित अन्तर्राष्ट्रिय सीमानामा रहेका नेपाल प्रवेश गर्ने सबै प्रवेश विन्दु र खुल्ला सीमानाको जुनसुकै स्थानबाट हुन सक्ने यात्रुहरुको आवागमन मंसिर मसान्तसम्म स्थगित हुने तर गड्डाचौकी र गौरीफन्टा नाकाबाट स्वदेश आउनै पर्ने अवस्थामा रहेका नेपाली नागरिकलाई स्वदेश आउन र मालसामानको ढुवानी व्यवस्था बिहान ६ देखि बेलुका ८ बजेसम्म कायम हुने गरी निरन्तरता दिइने उनले जानकारी गराएका छन् ।

अन्यको हकमा निश्चित समय ७२ घण्टा भित्रको पिसिआर रिपोर्टका आधारमा प्रवेश अनुमति दिइने जनाईएको छ ।

शैक्षिक संस्थाहरु, विकास आयोजनाका कार्यहरु, खेलकुदका क्रियाकलापहरु सहित अन्य गतिविधिहरु भने सरकारले निर्दिष्ट गरे अनुरुप स्वास्थ्य तथा सुरक्षाका सम्पूर्ण मापदण्डहरु पालना हुने गरी सञ्चालन गर्न सकिने कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी राम कुमार महतोले जानकारी जानकारी गराए ।


१५ मंसिर २०७७, सोमवार १२:३४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु