दार्चुलामा जीप दुर्घटना हुँदा जीप चालक घाइते

दार्चुलामा जीप दुर्घटना हुदाँ जीप चालक घाइते भएका छन ।

महाकाली नगरपालिका वडा नम्बर ६ सुरकडामा ना १ ज २४० नम्बरको जीप सुरकडास्थित सडकबाट झण्डै ३० मिटर तल खस्दा जीपमा सामान्य क्षती भएको र महाकाली नगरपालिका वडा नम्बर ८ काकडा घर भएका चालक खेमसिंह सामन्त घाइते भएका हुन ।

शुक्रबार राती महाकाली लोकमार्गको सुरकडामा जीप फर्काउने क्रममा (व्याक गर्नेबेला ) सडकबाट खसेको जीप महाकाली किनार पुगेर जीप दुघटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटना हिजो राती भएपनि टेलिफोन नलाग्ने समस्याले बिहान मात्रै थाहा पाएर अहिले प्रहरी उद्धारका लागि घटनास्थल पुगेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएका छन ।


१३ मंसिर २०७७, शनिवार १२:५२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु