punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बिरामी बोकेको भ्यान त्रिशूली नदीमा खस्दा तीनजना बेपत्ता

Chaupati
safha napa

बिरामी बोकेको पिकअप भ्यान त्रिशूली नदीमा खस्दा ३ जना बेपत्ता भएका छन् भने एक जना घाइते भएका छन् । पृथ्वी राजमार्ग अर्न्तगत चितवनको इच्छाकामना गाउँपालिका वडा नं। ४ स्थित नाग्दी खोला नजिकबाट भ्यान नदीमा खसेको हो ।

प्युठान जिल्लाबाट बिरामी बोकेर काठमाडौं जाँदै गरेको लु १ च ९७३१ नम्बरको पिकअप भ्यान बिहिबार बिहान साढे पाँच बजे त्रिशुली नदिमा खसेको प्रहरीले जानकारी दिएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक (डीएसपी) सूर्य थापाका अनुसार दुर्घटनामा प्युठानको झिमरुक गाउँपालिका वडा नम्बर १ घर भएका ३८ वर्षीय मुकुन्द बहादुर रोक्का घाइते भएका छन्। टाउको र पेटमा चोट लागेका उनको चितवनको भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) मा उपचार भइरहेको छ।

वेपत्ता हुनेमा मुकुन्दकी श्रीमती ३३ वर्षीया जमुना रोक्का, बिरामी छोरी १५ वर्षीया जेनिसा रोक्का र पिकअप भ्यान चालक २३ वर्षीय सूर्य केसी रहेका छन्। पिकअप भ्यान समेत पानीले डुबेर नदेखिने अवस्थामा रहेको छ । बेपत्ताहरुको नेपाल प्रहरी र सशस्त्र प्रहरी कुरिनटारको गोताखोरको टोलीले खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।


११ मंसिर २०७७, बिहीवार १०:२५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु