कैलालीमा भन्सार छलिका अबैध सामानसहित दुईजना पक्राउ

कैलालीमा अवैध भन्सार छलीका लुगा कपडा र सरसमान सहित एक जना प्रक्राउ परेका छन । धनगढी उपमाहनगरपलिका वडा नम्बर ४ स्थित डेरा गरेर बस्ने राजिव गुप्तालाइ अवैध रुममा भारत बाट भन्सार चोरी पैठारी गरी लुगा कपडाहरू ल्याएको भन्ने सूचना पाएपछि बुधवार जिल्ला प्रहरी कार्यालय कैलालीले प्रक्राउ गरेको हो ।

गोप्य सूचनाको आधारमा उनको कोठामा खान तलासी गर्दा भन्सार छली कोठामा राखेको अवस्थामा सुट पिस २ सय ३,प्लाजु ३६ पिस, कुर्ती ७२ पिस, माछा मार्ने जाली ३ पिस गरी जम्मा १लाख ४४ हजार ९ सय बराबरको सामान बरापत गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक प्रतिक बिष्टले जानकारी दिए।

धनगढी उपमहानगरपालीका वडा नम्बर २ स्थित वच्चाको मोजा र किराना सामान गरी जम्मा १ लाख ७३ हजार ७ सय को समान आवश्यक कारबाहीको लागीे त्रिनगर भन्सार कार्यालय कैलालीमा बुझाएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक बिष्टले बताए ।

त्यसैगरी भजनीबाट पनि एक जना प्रक्राउ परेका छन । इलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरी टालीले नगरपालीका वडा नम्बर ३ बाट किराना सामान र मोटर साइकलको पार्टपुर्जा गरी ७७ हजार २ सय १० बराबर मुल्यको समान सहित एक जनालाइ पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।

बरामद गरिएको सामान आवश्यक कारबाहीका लागी सत्ती भन्सार कार्यालय कैलालीमा पठाईएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक प्रतिक बिष्टले बताए ।


११ मंसिर २०७७, बिहीवार १०:३१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु