सुदूरपश्चिममा १ सय ७७ जना प्रहरीलाई सम्मान
सुदूरपश्चिम प्रदेशमा प्रहरी संगठनलाई वा जनताका पक्षमा काम गर्ने १ सय ७७ जनालाई सम्मान गरेको छ ।
चालु आर्थिक वर्ष ०७७÷७८ को कात्तिक मसान्तसम्ममा संगठनमा रहि संगठनले दिएको जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गरेका र उत्कृष्ट कार्य गरेका १ सय ७७ प्रहरीलाई सम्मान गरिएको छ। एसएसपी २ जना, एसपी १, डीएसपी ४ र नौजनालाई सम्मान गरेको छ ।
त्यसैगरी, नायब निरीक्षक २४, सहायक निरीक्षक २०, हवल्दार ३९, जवान ७५ र अन्य ३ जना सम्मान गरिएको एसएसपी सिंहले जानकारी गराए । त्युसैगरी विरुद्ध गलत क्रियाकलाप गरेको बताउँदै प्रहरी जवानदेखि निरीक्षकसम्मलाई नसिहतदेखि बर्खास्तसम्मको कारबाही गरिएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी मुकेशकुमार सिंहले बताउनु भयो ।
प्रहरी निरीक्षक १ जना, नायब निरीक्षक २ जना, सहायक निरीक्षक ५ जना, हवल्दार १४जना, र प्रहरी जवान २८ जना र अन्य ३ जनालाई कारबाही गरीएको सिंहले प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी बताए।
१० मंसिर २०७७, बुधवार १४:४७ बजे प्रकाशित































