punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

रातभर सम्पर्क विहीन डिएसपी चौधरी जिल्ला तानिए

Chaupati
safha napa

मंगलवार राती सम्पर्क विहीन भएका ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायव उपरीक्षक भरतबहादुर चौधरी जिल्ला तानिएका छन् ।

जिल्लालाई कुनै जानकारी नगराइ सम्पर्क विहीन भएका चौैधरीलाई छानबिनको लागी जिल्ला झिकाइएको प्रहरी स्रोतले नानकारी दिए। कैलालीका प्रहरी प्रबक्ता प्रतिक बिष्टले जिल्ला तानिएको बारेमा आफुलाई कुनै जानकारी नभएको बताए ।

चौधरीलाई आवश्यक कारवाहीका लागि माथिल्लो निकायलाई सिफारिस गरिएको प्रहरी स्रोतको दाबी छ । प्रहरी नायब उपरीक्षक चौधरी जिल्ला तानिएपनि तत्काल उनको ठाउँमा कसैलाई खटाइएको छैन्। चौधरीले भने आफु सूचना संकलनका क्रममा त्यहाँ गएपनि फोनको नेटवर्क नहुँदा सम्पर्क गर्न नसकिएको बताएका छन्।


१० मंसिर २०७७, बुधवार १३:५४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु