punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

पारस खड्का एशोसिएट प्लेयर अवार्डको मनोनयनमा

Chaupati
safha napa

नेपाली क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का ‘आईसीसी एशोसिएट प्लेयर अफ दि डिकेट’ अवार्डको मनोनयनमा परेको छन् ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले मंगलबार सार्वजनिक गरेको मनोनयनमा पारससहित ६ खेलाडी परेका हुन् । मनोनयनमा स्कटल्याण्डका तीन खेलाडी काइल कोएट्जर, कोलम म्याकल्याण्ड र रिची बेरिङटन परेका छन् भने पपुवा न्यूगिनीका असद भाला र नेदरल्याण्ड्सका पिटर बोेरन अटाएका छन् ।

सन् २००२ मा यू–१५ टोलीबाट क्रिकेट खेल्न थालेका पारसले सन् २००९ मा नेपालको कप्तानी गरेका गिए । पारसको १० वर्षे कप्तानीकालमा नेपालले पहिलो पटक टी–२० विश्वकप खेल्नुका साथै एकदिवसीय मान्यता पाएको थियो । २८ असोज २०७६ मा उनले कप्तानी छाडे । तर उनी राष्ट्रिय टिमबाट भने खेलिरहेका छन् ।


९ मंसिर २०७७, मंगलवार १६:४२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु