punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

गोदावरी नगरपालिकाका विद्यालय खोलिने, यस्तो बन्यो मापदण्ड

Chaupati
safha napa

कैलालीको गोदावरी नगरपालिका क्षेत्रका विद्यालय सञ्चालन गर्न मापदण्ड तयार गरिएएको छ । नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले स्वास्थ्य सुरक्षा मापदण्ड तयार पारेसंगै विद्यालय खोल्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।

नगरपालिकाले जारी गरेको सूचनाअनुसार संक्रमणको जोखिम, विद्यार्थी संख्या तथा उपलव्ध भौतिक पूर्वाधार व्यवस्थापन गरी विद्यालय खोल्नुपर्ने जनाएको छ ।

विद्यालय सञ्चालन गर्दा शिक्षक, कर्मचारी, विद्यार्थी तथा अभिभावकहरुले अनिवार्य मास्क लगाउनुपर्ने, भौतिक दुरी मिलाई बस्ने, खाजा व्यवस्थापन गर्ने, अभिभावकसंग सहकार्य गर्र्नुपर्नेलगायतका विषय मापदण्डमा छन् ।

नगरपालिकाले विद्यालयलाहरुलाई सबै कक्षा र विद्यार्थीलाई एकै समय कक्षा संचालन गर्ने, अलग–अलग (सिफ्ट) मा अलग–अलग कक्षा वा तह संचालन गर्ने, विद्यालय खुल्ने तथा कक्षा संचालनको अवधि घण्टी छोट्याउने, अवस्था हेरी तल्ला कक्षालाई पहिलो वा माथिल्लो कक्षाका विद्यार्थीलाई पहिलो (जोखिम र सहजता हेरी) कक्षा सुरु गर्ने, कुनै दिन केही कक्षा र कुनै दिन बाँकी अरु कक्षा संचालन हुने गरी पालैपालो कक्षा संचालन गर्ने लगायतका विकल्प दिएको छ ।

यस्तै गरी कक्षाका केही विद्यार्थी कुनै दिन वा सिफ्ट र बाँकी विद्यार्थी अर्को दिन वा सिफ्टमा संचालन हुने गरी पालैपालो कक्षा संचालन गर्ने र हप्तामा केही दिन, दिनमा केही घण्टा संचालन गर्ने भनि विकल्पहरु राखिएको छ


९ मंसिर २०७७, मंगलवार १५:४८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु