मोटरसाइकल र साइकल एकआपसमा ठोक्किदा ३ जना घाइते
मोटरसाइकल र साइकल एकआपसमा ठोक्किदा कन्चनपुरमा ३ जना घाइते भएका छन ।
जिल्लाको बेल्डांडी नगरपालिकामा पुर्वबाट पश्चिम जांदै गरेको म २ प ६८०५ नम्बरको मोटरसाइकलले साइकललाई ठक्कर दिँदा ३ जना घाइते भएका हुन् ।
साइकलमा सवार बेल्डाँडी ४ बस्ने ६२ वर्षीय विष्णु भट्ट, मोटरसाइकल चालक बेलडाडी ५ बस्ने ३१ वर्षीय शाहील रोकाया र मोटरसाईकलमा पछाडी सवार २१ वर्षीय यज्ञ राज थापा घाइते भएको जिल्ला प्रहरी कार्यालय कन्चनपुरका प्रहरी प्रवक्ता तथा नायव उपरिक्षक अमरबहादुर थापाले जानकारी दिए ।
उनकाअनुसार घाइते सबैको माहाकाली अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।
९ मंसिर २०७७, मंगलवार १२:५९ बजे प्रकाशित































