सुरक्षा सतर्कता बढाउन प्रधानमन्त्रीको निर्देशन
प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ रक्षामन्त्री वेई फेङ्हेको मंसिर १४ गते नेपाल भ्रमणका क्रममा विशेष सुरक्षा तयारी गर्न चारवटै सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिएका छन् ।
आइतबार प्रधानसेनापति पूर्णचन्द्र थापा, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, प्रहरी महानिरीक्षक शैलेश थापा क्षत्री र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारीलाई बालुवाटार बोलाएर ओलीले सुरक्षा सतर्कता बढाउन निर्देशन दिएका हुन् ।
गृहमन्त्री रामबहादुर थापाले पनि प्रहरी, सशस्त्र र अनुसन्धान विभागका प्रमुखसँग भेट गरी सुरक्षामा विशेष तयारी गर्न निर्देशन दिएका छन् । यो समाचार कान्तिपुर दैनिकमा खबर छ ।
८ मंसिर २०७७, सोमवार ११:१५ बजे प्रकाशित































