punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

डोटीको दिपायल सिलगढी नगरपालिकाका सबै विद्यालय संचालन

Chaupati
safha napa

डोटीको दिपायल सिलगढी नगरपालिकाका सबै विद्यालय संचालन भएका छन् ।

कोरोना भाईरस कोभिड –१९ सङ्क्रमणका कारण विगत आठ महिनादेखि बन्द रहेका नगरपालिकाका सम्पूर्ण विद्यालय आजदेखि डोटीको दिपायल सिलगढी नगरपालिकाका सबै विद्यालय संचालन भएका हुन् । नगरपालिकाको शिक्षा समिति तथा यहाँका विद्यालय व्यवस्थापन समितिको शनिबार बसेको बैठकले कोरोना सङ्क्रमणका कारण लामो समयदेखि बन्द भएका विद्यालयमा आजदेखि अध्ययनअध्यापन संचालन गर्ने निर्णय गरिएसँगै सबै सरकारी तथा निजी विद्यालय खुलेको दिल्पेश्वर मावि दिपायलका शिक्षक गोविन्दराज जोशीले जानकारी दिए ।

जोशीले भने, “आठ महिनादेखि विद्यालय बन्द हुँदा विद्यार्थीको पढाइमा निकै घाटा भएको बता्ए ।, कोरोना सङ्क्रमणबाट जोगिन स्वास्थ्य मापदण्डलाई पूर्ण रुपमा पालना गर्ने र सामाजिक दूरी कायम गर्दै विद्यालय खोलेर आजदेखि पढाइ संचालन गरेका छौँ ।”

माध्यमिक र क्याम्पस तहका कक्षा आजदेखि खुलाउने निर्णय गरी पढाइ सञ्चालन गर्न पत्राचार गरिएको नगर शिक्षा शाखा सिलगढीले जानकारी दिएका छन । शैक्षिकसत्र खेर जाने जोखिम बढेपछि सरकारले विद्यालय सञ्चालन गर्न दिने भएपछि स्वास्थ्य मापदण्ड अपनाइ बन्द रहेका विद्यालय खोलेर कक्षा सञ्चालन गर्न अनुमति दिएको क्षेत्रीय शिक्षा विकास निर्देशनालय दिपायल राजपुरले जनाएका छन ।

उनले भने, “कोरोना जोखिमबाट बच्न हामीले विद्यालयमा गर्ने सम्पूर्ण सुरक्षा प्रविधि अपनाउने छौँ, घरमा पनि अभिभावकले सुरक्षा अपनाउन जरुरी भएको छ ।” आठ महिनादेखि बन्द रहेका यहाँका विद्यालय आजबाट सञ्चालन भएपछि अभिभावक तथा विद्यार्थी निकै खुशी भएको दिपायल सिलगढी नगरपालिका वडा नम्बर ४ का मीनबहादुर कठायतले जानकारी दिए ।

कोरोनाका कारण लामो समयदेखि बन्दरहेका विद्यालयमा आजदेखि सामाजिक दूरी कायम गरी पठनपाठन सञ्चालन गर्न पत्राचार गरी विद्यालय सञ्चालन गरिएको दिपायल सिलगढी नगर पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत खेमराज गुरुङले जानकारी दिए ।

विद्यालय सञ्चालन गर्ने निर्णयसँगै नगरपलिकाभित्र रहेका सामुदायिक र निजी गरी कम्तीमा पनि २० माध्यमिक विद्यालय तथा एक क्याम्पस सञ्चालनमा आएका हुन ।


८ मंसिर २०७७, सोमवार ११:३९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु