कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा चालकको निधन
कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । आइतबार बेलुकी पौने ८ बजे समयमा जिल्लाको बेलौरी नगरपालिका वडा नम्बर ६ स्थित हात्ती बोझामा पचुईबाट बेलौरीतर्फ आउँदै गरेको अनटेष्ट मोटरसाइकल दुर्घटना हुँदा २० वर्षीय चालक हेमन्त चन्दको मृत्यु भएको हो ।
मृतक चन्दको टाउकोमा गम्भीर चोट लागेको थियो । चन्दलाई उपचारका लागि धनगढीको सेती प्रादेशिक अस्पताल उपचारको क्रमा राती पौने ९ बजेतिरको समयमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक अमर बहादुर थापाले जानकारी दिए ।
चन्दसँगै मोटरसाइकलमा सवार हात्ती बोझाकै उमेश विष्ट घाइते भएका जानकारी गराउदै बिष्टको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक थापाले जानकारी गराए । मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले बताए ।
८ मंसिर २०७७, सोमवार १०:४१ बजे प्रकाशित































