अछाममा भीरबाट खसेर एक जनाको मृत्यु
अछाममा भीरबाट खसेर एक जनाको मृत्यु भएको छ । जिल्लाको तुर्माखाँद गाउँपालिका–३ का २६ वर्षीय हरिन्द्र बिकको लकान्ड आनिकोट भीरबाट खसेर मृत्यु भएको हो ।
भीरबाट खसेर घाइते भएक बिकको कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो । ८ दिन अघि भीरबाट खसेका उनको टाउकोमा गम्भीर चोट लागेको थियो । उपचारकै क्रममा हिजो उनको मृत्यु भएको आफन्तले बताएका छन् ।
६ मंसिर २०७७, शनिवार १०:५५ बजे प्रकाशित













