punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

जनकपुरमा छठको रौनक यस्तो, आज अस्ताउँदो सुर्यलाइ अर्घ दिइने

Chaupati
safha napa

छठ पर्वको तेस्रो अर्थात मुख्यदिन आज देशभर अस्ताउँदो सुर्यलाइ अर्घ दिइने छ। छठ मनाउन जनकपुरधामको तलाउहरुमा बिहानैदेखि अर्घ लिएर श्रद्धालुहरु पुगेका छन्।

कोरोना महामारीकोबीच अहिले जनकपुरधामको गंगासागर, अंगराजसर, दशरथ तलाउ, गोरधोई पोखरी, नोचा पोखरी, गोसाईकुण्ड, अग्निकुण्ड लगायतका पोखरीहरुमा विहानैदेखि श्रद्धालुहरु अर्घ लिएर पुगेका छन्।

अन्य वर्ष जनकपुरधामको पोखरीहरुमा छठ हेर्न अन्य मुलुकबाट समेत पर्यटकहरु आउने गरे पनि यस वर्ष कोरोना महामारीको कारण बाहिरी पर्यटकहरु आउन सकेका छैनन्।

आज साँझ अस्ताउँदै गरेको सूर्यलाई अर्घ दिइनेछ भने भोलि बिहान उदाउँदै गरेको सूर्यलाई अर्घ दिएपछि छठ पर्व विधिवत रुपमा समापन हुनेछ। प्रदेश २ को सरकारले आज सार्वजनिक बिदा दिएको छ।

 


५ मंसिर २०७७, शुक्रवार १३:१५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु