राजाको समर्थनमा धनगढीदेखि अत्तरियासम्म विशाल प्रदर्शन गरिने
राजतन्त्र पक्षधरहरुले कैलालीमा प्रदर्शन गर्ने भएका छन् । सुदूरपश्चिम स्वतन्त्र देशभक्त समाजले बुधबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै बिहीवार धनगढीदेखि अत्तरियासम्म बिशाल प्रदर्शन गरिने कार्यक्रम रहेको जानकारी दिएको हा ।
राजतन्त्रको विकल्प गणतन्त्र हुन नसक्ने भन्दै राजसंस्थाको पक्षमा युवाहरुले प्रदर्शन गर्ने समाजका संयोजक डब्बु कार्कीले जानकारी दिए । अहिलेको गणतान्त्रिक व्यवस्था असफल भएको आरोप लगाउँदै गणतन्त्रले विकास र समृद्धि ल्याउनु नसकेको र भ्रष्टाचार, अनियमितता, कालो बजारी बढेकाले यसको विरुद्ध सशक्त आवाज पनि उठाइने उनले बताए । गणतन्त्रका कारण नेपाल असफल भएकाले जनताले राजाको माग गरेको संयोजक कार्कीको भनाई छ ।
धनगढीदेखि अत्तरियासम्म गरिने प्रदर्शनमा एक सय चार पांग्रे सवारी साधनसहित झण्डै २५ सय जनाको सहभागीतामा कार्यक्रम आयोजन गर्न लागेको पत्रकार सम्मेलनमा जानकारी दिईएको छ ।
धनगढीको बृद्ध चोक बाट रेयाली सुरु भई अत्तरिया परिक्रमा गरी पुनः धनगढी चौराहामा कोणसभा गर्दै कार्यक्रमको समापन गरिने आयोजकले जनाएको छ ।
३ मंसिर २०७७, बुधवार १६:१३ बजे प्रकाशित































