ओलीले पनि काउन्टर प्रस्ताव ल्याउने
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी समिति बैठक आज बसेको छ । बैठकमा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीको पनि सहभागिता रहेको थियो ।
बैठकमा बोल्दै ओलीले अर्को बैठकमा आफुले पनि राजनीतिक प्रस्ताव ल्याउने बताएका छन् । ओलीले आगामी पुस १३ गते बस्ने बैठकमा आफ्नो प्रस्ताव पेश गर्ने तय भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
यसअघिको सचिवालय बैठकमा प्रचण्डले ओलीको आलोचना गर्दै प्रस्ताव ल्याएका थिए भने सो प्रस्तावपछि नेकपामा विवाद चर्किएको थियो ।
३ मंसिर २०७७, बुधवार १५:२४ बजे प्रकाशित































