ओली र नेपालबीच तीन घण्टा लामो भेटवार्ता, के भयो सहमति ?

नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालसहित चारजना नेताहरुबीच तीन घण्टा लामो समय छलफल भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार दिउँसो साढे एक बजेदेखि सवा चार बजेसम्म छलफल भएको भएको हो । नेताहरुले भेटवार्तामा पार्टीभित्र देखिएको विवादबारे कुराकानी भएको नेताहरुले बताएका छन् ।

नेता नेपालसँगै बालुवाटार गएका स्थायी समिति सदस्य भीमबहादुुर रावलले पार्टीभित्र उत्पन्न समस्या विचार आदान–प्रदान मात्रै भएको बताए । उनले कुनै खास ठोष विषयमा केही कुरा नभएको बताए । नेता रावलका अनुसार समस्या समाधान गरौँ भन्नेमा सबैले राय राखेका थिए ।

शनिबारमात्रै कार्यकारी अध्यक्ष प्रचण्ड र नेता नेपालसहित पाँचजना सचिवालय सदस्यले बैठक बोलाउन लिखित पत्र ओलीलाई बुझाएका थिए । त्यसक्रमा ओली र प्रचण्सहितका नेताहरुबीच सवालजवाफ भएको थियो । भेटवार्तामा नेता नेपालसंगै रावलसहित सुरेन्द्र पाण्डे र रघुजी पन्त सहभागी थिए ।


२३ कात्तिक २०७७, आइतवार १७:३३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु