सुदूरपश्चिमका कानुन मन्त्री शाह अस्पताल भर्ना
कोरोना संक्रमित सुदूरपश्चिमका प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश शाह अस्पताल भर्ना भएका छन् ।
स्वास्थ्यमा एक्कासी समस्या आएपछि मन्त्री शाहलाई आज सेती प्रादेशिक अस्पतालको अस्थायी कोरोना अस्पताल भर्ना गरिएको हो । नाकबाट रगत बगेपछि उनलाई अस्पताल भर्ना गरिएको अस्पताल स्रोतले बताएको छ ।
मन्त्री शाहलाई यही कात्तिक १५ गते कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना पुष्टि भएपछि उनी होम आइसोलेसन रहँदै आएका थिए ।
२० कात्तिक २०७७, बिहीवार १४:०७ बजे प्रकाशित































