थप ३ हजार ३०९ जनामा कोरोना संक्रमण, ३ हजार ८४४ संक्रमणमुक्त

नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ३०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १३ हजार १४४ नमुना परीक्षण गर्दा १३०४ महिला र २००५ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

यससँगै कुल संक्रमितको संख्या १ लाख ८२ हजार ९२३ पुगेको छ । उनीहरुमध्ये एक हजार ३४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । १ लाख ४४ हजार ९७८ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र ३ हजार ८४४ जना संक्रमणमुक्त भएका हुन् ।

देशभर सक्रिय संक्रमितको संख्या ३६ हजार ९११ जना पुगेको छ । उनीहरुमध्ये ३० हजार १३१ होम आइसोलेसनमा छन् भने ३९७ जनाको आईसीयू र ७८ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।


१९ कात्तिक २०७७, बुधवार १७:०१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु