सुनको मूल्य आजपनि बढ्यो, चाँदीको घट्यो

सुनको मूल्य आजपनि बढेको छ । आज सुन तोलामा ९ सय रुपैयाँ बढ्दै प्रतितोला ९६ हजार तीन सय पुगेको छ । सुन हिजो प्रतितोला ९५ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो ।

आज सुनको मूल्य बढेपनि चाँदीको मूल्य भने तोला पाँच रुपैयाँ घट्दै प्रतितोला एक हजार दुई सय पाँचमा झरेको छ । चाँदी हिजो प्रतितोला एक हजार दुई सय १० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।


१९ कात्तिक २०७७, बुधवार १२:३९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु