punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

लागुऔषध ब्राउन सुगरसहित धनगढीबाट एकजना पक्राउ

Chaupati
safha napa

लागुऔषध ब्राउन सुगर (खैरो हिरोइन)सहित प्रहरीले धनगढीबाट एकजनालाई पक्राउ गरेको छ । प्रहरीले धनगढी उपमहानगरपालिका १० घूईयाघाटका २५ वर्षीय राम निवास रानालाई २५ ग्राम ४ सय मिलिग्राम लागुऔषध खैरो हेरोइनसहित पक्राउ गरेको हो ।

लागुऔषधको कारोबार तथा ओसार पसार भइरहेको भन्ने सूचनाका आधारमा खटिइएको प्रहरी टोलीले शङ्कास्पद रूपमा हिँडडुल गरी रहेको अवस्थामा घूइयाघाटबाट उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले बताए । उनीमाथि मुद्दा दर्ता गरेर थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।


१५ कात्तिक २०७७, शनिवार १३:५२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु