कांग्रेस नेता विश्वकर्मा चार दिनदेखि आइसियुमा
नेपाली कांग्रेसका नेता मीन विश्वकर्माको चार दिनदेखि काठमाडौंपस्थत ग्रान्डी अस्पतालको आइसीयूमा उपचार भइरहेका छ ।
विश्वकर्मालाई कार्तिक १ गते कोरोना संक्रमण देखिएको थियो। श्वासप्रश्वासमा समस्या आएपछि विश्वकर्मा वीर अस्पताल भर्ना भएका थिए। स्वास्थ्यमा थप जटिलता आएपछि उनलाई ग्रान्डी सारिएको थियो। विश्वकर्माको उपचारमा संलग्न एक चिकित्सका अनुसार उनमा अक्सिजनको कमि देखिएको छ।
चिकित्सककाअनुसार कोभिड–१९ ले उनको फोक्सोमा समेत असर देखाएको छ । चारदिन अघिदेखि विश्वकर्मालाई आइसीयुमा राखिएको बताइएको छ। पूर्वमन्त्रीसमेत रहेका विश्वकर्मा नेपाली कांग्रेसको दलित संघका अध्यक्ष हुन्।
१५ कात्तिक २०७७, शनिवार १५:४५ बजे प्रकाशित































