कब्रस्तान खुल्यो, दुई दिनदेखि थन्किएको शव व्यवस्थापन
शुक्रबार सिल गरिएको कब्रस्तानमा शव व्यवस्थापन गर्न दिने अनुमति दिइएको छ । कब्रस्तानमा कोरोना संक्रमणबाट मृत्यु भएकी महिलाको शव गाडिएपछि धनगढी उपमहानगरपालिकाले कब्रस्तान सिल गरेको थियो ।
कब्रस्तान सिल गरेपछि मुस्लिम समुदायले मिर्गौला फेल भएर मृत्यु भएका व्यक्तिको शव दुई दिनदेखि व्यवस्थापन गर्न पाएको थिए ।मुस्लिम समुदायको मागपछि जिल्ला प्रशासन कार्यालय कैलालीले आज धनगढीका मुस्लिम समुदायलाई कब्रस्तानमै शव व्यवस्थापन गर्न दिने अनुमति दिएपछि शव व्यवस्थापन गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय कैलालीमा बसेको मुस्लिम अगुवा र स्थानीय सरोकारवाला पक्षबीचको छलफलपछि कब्रस्तानमै शव व्यवस्थापन गर्न दिने अनुमति दिएको हो । शुक्रबार विहान दुबै मृगौला फेल भएर धनगढी उपमहानगरपालिका १ का ५० वर्षीय मोहमद जमसेदको मृत्यु भएको थियो ।
१५ कात्तिक २०७७, शनिवार १३:३२ बजे प्रकाशित































