punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

नेपाली जनसम्पर्क समिति अमेरिकाको न्यूयोर्क च्याप्टरमा दिवाकर

Chaupati
safha napa

नेपाली काँग्रेस निकट नेपाली जनसम्पर्क समिति अमेरिकाले दिवाकर वागचन्दको सभापतित्वमा न्यूयोर्क च्याप्टर गठन गरेको छ । जसमा उपसभापति विपिन कोईराला, उपसभापति विराट जिसी, महासचिव सुमन सिंह, सचिव प्रकाश अर्याल, कोषाध्यक्ष विनिता रूवाली रहेका छन ।

त्यस्तै सदस्यहरुमा सन्तोष राउत, सुभाष केसी, निता थापा, विक्रम ढकाल, प्रेम बहादुर विक, छत्र केसी, रक्की मण्डल, समीर लामा, कुसुम गुरूङ, लाच्छिरी शेर्पा, रमेश श्रेण्ठ, कर्ण बहादुर तामांङ, संगीता अर्याललाई सर्वसम्वत चयन गरिएको छ ।

नेपाली जनसम्पर्क समिति अमेरिकाका केन्द्रीय सदस्य भेष बहादुर कँडेलको अग्रसरता गरिएको कार्यक्रममा नेपाली जनसम्पर्क समिति अमेरिकाका पूर्व संयोजक बिष्णु सुवेदी प्रमुख आतिथि थिए । कार्यक्रममा उपसभापति अनन्त सुवेदी, केन्द्रीय सदस्य प्रमोद सिटौला, केन्द्रीय संगठन विभाग प्रमुख आड्गछिरिंङ शेर्पा, केन्द्रीय सदस्य गौतम ढकाल र केन्द्रीय सदस्य रामकृष्ण महर्जनको उपस्थिति थियो ।

यस्तै, समितिले केन्द्रीय सदस्यमा सात जना नयाँ सदस्य मनोनित गरेको छ । नेपाली जनसम्पर्क समिति अमेरिकाका सभापति धनन्जय नरसिंह केसीले केन्द्रीय समितिको सदस्यमा कमला पन्त, अशोक ज्ञवाली, विनिता तामाङ, तुल बहादुर तामाङ, मनोज शर्मा, सविता सिलवाल, सुजाता लामालाई मनोनित गरेका हुन ।


१५ कात्तिक २०७७, शनिवार ११:०६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु