punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कोरोनाबाट मृत्यु भएकी महिलाको शव कब्रस्तानमा गाडिएपछि…

Chaupati
safha napa

कोरोना संक्रमणबाट मृत्यु भएकी महिलाको शव धनगढी नगरपालिकास्थित मा गाडेपछि स्थानीय प्रदर्शनमा उत्रिएका छन् । स्थानीयले कब्रस्तानको गेटमा तालाबन्दी गर्दै सडक अवरुद्ध गरेका छन् ।

मानववस्तीसंगै रहेको कब्रस्तानमा कोरोना संक्रमित महिलाको शव गाडेको भन्दै स्थानीयले तालाबन्दी विरोधमा उत्रिएका हुन् । स्थानीयले विरोध प्रदर्शन गर्न थालेपछि त्यसतर्फ प्रहरीको टोली खटाइएको छ । स्थानीयले गाडिएको शव निकालेर अन्यत्र टाढा गाडिनुपर्ने माग गरेका छन् ।

धनगढी उप–महानगरपालिका वडा नम्बर २ कि ५७ वर्षीया महिलाको विहीबार विहान मृत्यु भएको थियो । सेती प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पतालमा उपचाररत उनकोे मृत्यु भएपछि स्थानीय प्रशासन र सेनाको टोलीले आफन्तलाई शव बुझाएका थिए ।

शव बुझाएपछि स्थानीय प्रशासन र मृतकका परिवारजनले कब्रस्तानमा शव गाडेका हुन् । हालसम्म कोरोना संक्रमणबाट मृत्यु भएकाहरुको शव व्यवस्थापन नेपाली सेनाले मानववस्ती भन्दा अलग्गै रहेको स्थानमा गर्दै आएको थियो ।

सरकारले कोरोनाका कारण मृत्यु भएका व्यक्तिको शव कसरी र कहाँ गाड्ने भनेर शव व्यवस्थापन कार्यविधिनै बनाएको छ । सरकारले तयार पारेको कार्यविधि अनुसार शव उठाउनुअघि शव वाहनका चालक र कर्मचारीले व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) अनिवार्य लगाउनुपर्छ ।

कार्यविधि अनुसार अन्तिम संस्कारमा सहभागी हुने आफन्त र नातेदार सबैले अनिवार्य रुपमा पन्जा, चस्मा, टोपी, मास्क सहितको पीपीई लगाउनुपर्ने छ । शवलाई कमभन्दा कम चलाउने गर्नुपर्छ । कार्यविधिमा उल्लेख भए अनुसार शवमा लागेका पाइप, केथेटरलगायत सामग्री हटाउदाँ सर्तकता अपनाउनुपर्छ ।

शवको कुनै भागबाट रगत बगिरहेको भए होसियारीपूर्वक बन्द गर्नुपर्छ। मृतकलाई अन्तिम संस्कार गर्ने घाटसम्म लान साधारण शव वाहनको प्रयोग गर्न सकिन्छ तर, सकेसम्म शवलाई छिटो अन्तिम संस्कार गर्ने ठाउँमा पु¥याउनुपर्नेछ ।

६० वर्ष उमेर कटेका व्यक्ति र दीर्घ रोगीलाई कोरोनाका कारण ज्यान गुमाएका व्यक्तिको नजिकै जान दिनु नहुने कार्यविधिमा उल्लेख छ ।

अन्तिम संस्कार गर्नु अघि आफ्नो कुल परम्परा अनुसार शव नछोई पानी छर्किने, पाठ गर्ने र फूलमाला चढाउने गर्नुपर्छ। मृतकका आफन्तले शव हेर्न चाहेमा नछोइकन कम्तिमा एक मिटर टाढाबाट एक–एक जनाले पालैपालो हेर्न पाउनेछन् ।


१३ कात्तिक २०७७, बिहीवार १४:३३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु