punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बुङ्गलमा खुल्यो पहिलो चाउमिन फ्याक्ट्री

Chaupati
safha napa

बझाङ्गको बुङ्गल नगरपालिकामा पहिलो पटक चाउमिन फ्याक्ट्रीको सुरुवात भएको छ ।
बझाङ्गको बुङ्गल नगरपालिका वडा नम्बर ८ डुङ्ग्रीबगरमा न्यु लाटाबाघ फुड्स एन्ड प्रोडक्ट सन्चालनमा आएको हो ।

कोरोना भाईरस (कोभिड -१९) नेपाल प्रवेश सङ्गै नेपाल सरकारले लागू गरेको लकडाउनले बेरोजगार बनेका बु.न.पा.८ का २२ बर्सिय बिरेन्द्र बोहराले आफ्नै लगानिमा फुड्स एन्ड प्रोडक्ट को सुरुवात गरेका हुन ।

उनले भने “देशै भरि लकडाउन भयो काठमाडौंमा सानोतिनो काम गर्थे कोरोनाका कारण त्यो पनि गुम्यो अनि दिमागमा यो योजना आयो र सानै भएनी गर्नु पर्यो सोचे र सुरु गरे ” ।

अहिले को यो फास्ट फुड धेरै चल्ने समयमा बुङ्गलको अहिले सम्म कुनै पनि फ्याक्ट्री नभएको ठाउमा बिरेन्द्रले चाउमिन फ्याक्ट्री सन्चालनमा ल्याउदा सबैलाई सजिलो भएको छ । अहिले सम्म हाम्रो ठाउमा कुनै पनि चाउमिन फ्याक्ट्री नभएको र धनगढीकै चाउमिन को भरमा बस्ने गरेका सबै होटेल तथा सेवाग्राही सबैलाई केही हद सम्म राहत मिलेको एक सेवाग्राही रमेश देवारले बताए ।

फ्याक्ट्री का मालिक बिरेन्द्र भन्छ्न “अहिले हामिले यहाँ ताजा र शुद्ध चाउमिन र ससहरु मात्रै उत्पादन गर्ने गरेका छौ ।धनगढी बाट ल्याउनु पर्ने चौमिन र सस हामिले आफ्नै ठाउँमा उत्पादन गरेका छौ ।जसले गर्दा एक पेटि चाउमिन का लागि भएनी धनगढीकै बाटो हेर्नू पर्ने र उतैको भर पर्नु पर्ने ठाउँमा हामिले केही हद भए नि सेवा दिन पाउँदा खुसी लागेको छ । उनी भन्छन “अहिले हाम्रो सानो सुरुवात मात्र हो यदि हामिलाई सबैले साथ र सहयोग गरे हामी अझै सेवा र सुबिधा बढाउने छौ ।”

न्यु लाटाबाघ फुड्स एन्ड प्रोडक्ट ले अहिले आफैले उत्पादन गरेको चाउमिन र सस हरु स्थानिय बजारहरु मा जहाँ पनि पाइन थाले पछि सेवाग्राही लाई समेत धनगढीकै भर नपर्नु पर्ने र भनेको जति खेर पनि मिल्ने भएकाले होटेल व्यावसायि तथा सेवाग्राही गरु खुसी देखिन्छ्न ।


८ कात्तिक २०७७, शनिवार १४:०३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु