भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुखले प्रधानमन्त्री ओलीलाई भेटे
भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा रअ प्रमु गोयलले प्रधानमन्त्री ओलीसँग शिष्टाचार भेट गरेका हुन्। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले विज्ञप्ति सार्वजनिक यसको पुष्टि गरेका हुन् ।
भेटका क्रममा गोयलले नेपाल–भारतबीचको मैत्री सम्बन्ध खलबलिन नदिने, समस्याहरूको वार्ताद्वारा समाधान गर्ने र पारस्परिक सहयोगलाई निरन्तर अगाडि बढाउने बिषयमा आफ्नो धारणा राखेको सल्लाहकार थापाले समाजिक सञ्जालमार्फत जानकारी दिएका छन्।
नेकपाका अर्का नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बरिष्ट नेता माधव नेपालले गोयलससंग आफूहरुको भेट नभएको बताएका छन् । यसअघि प्रचण्ड र नेपालसँग पनि रअका प्रमुख गोयलको गोप्य भेट भएको भन्ने समाचार सार्वजनिक भएका थिए । दुबै नेताले अनलाइनमा कपोकल्पित समाचार प्रकाशन गरिएको भन्दै भेटघाट नभएको स्पष्टोक्ति दिएको थिए ।
६ कात्तिक २०७७, बिहीवार १४:१३ बजे प्रकाशित































