आज पनि बढ्यो सुनको मूल्य, चाँदीको घट्यो
बजारमा आज सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य बढेको छ । सुन आज तोलामा दुई सय रुपैयाँ बढ्दै प्रतितोला ९५ हजार सात सय रुपैयाँ पुगेको छ । सुन हिजो प्रतितोला ९५ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।
आज सुनको मूल्य बढेपनि चाँदीको मूल्य भने घटेको छ । चाँदी आज तोलामा १० रुपैयाँ घट्दै प्रतितोला एक हजार दुई सय ३० रुपैयाँमा झरेको छ । चाँदी हिजो प्रतितोला एक हजार दुई सय ४० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
६ कात्तिक २०७७, बिहीवार १३:५१ बजे प्रकाशित































