पूर्वपश्चिम राजमार्ग अन्तर्गत सुखडमा अवरोध
बसको ठक्करबाट एक महिलाको मृत्यु भएपछि कैलालीको सुखडमा पूर्वपश्चिम राजमार्ग बन्द गरिएको छ ।
मोटरसाइकललाई ठक्कर दिने बस व्यवसाय समितिका प्रतिनिधिहरू सम्पर्कमा नआएको भन्दै राजमार्ग बन्द गरिएको पीडितका आफन्तले बताएका छन् ।
बुधवार बसको ठक्करबाट मोटरसाइकलमा सावर लम्की चुहा नगरपालिका ९ की भागरथी रेग्मीको ज्यान गएको थियो । जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ मा पूर्व तर्फ जाँदै गरेको सुप प्र ०१००१ ख ३००९ नम्बरको बसले सोही दिशामा जाँदै गरेको से १ प ९५७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो ।
दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक राम बहादुर चौधरीको भने अस्पतालमा उपचार भइरहेको छ । सडक बन्द हुँदा छोटो तथा लामो दुरीमा निस्केका यात्रुहरू बिच बाटोमै रोकिएका छन् ।
६ कात्तिक २०७७, बिहीवार ११:४८ बजे प्रकाशित































