punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कोरोनाबाट विश्वभर ११ लाख ३६ हजार बढीको मृत्यु, अमेरिकामा ह्वात्तै

Chaupati
safha napa

कोरोना संक्रमणबाट विश्वमा हालसम्म ११ लाख ३६ हजार २६० जनाको मृत्यु भएको छ भने ४ करोड १४ लाख ६९ हजार ६२४ जनालाई संक्रमण भएको छ ।

त्यस्तै ३ करोड ९ लाख ९ हजार ६४३ जना संक्रमण मुक्त भएका छन् भने विश्वमा ७४ हजार ९९ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

यसैबीच अमेरिकामा अहिलेसम्म २ लाख २७ हजार ४०९ जनाको मृत्यु भएको छ भने ८५ लाख ८४ हजार ८१९ जनालाई संक्रमण भएको छ ।

त्यस्तै ५६ लाख २ हजार ११६जना संक्रमण मुक्त भएका छन् भने २७ लाख ५५ हजार २९४ जना उपचाररत छन् ।

त्यस्तै १५ हजार ६८६ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । अमेरिकाको टेक्सासमा हालसम्म १७ हजार ७८६ जनाको मृत्यु भएको छ भने ८ लाख ८९ हजार ५१३ जनालाई संक्रमण भएको छ ।

त्यस्तै क्यालिफोर्नियामा १७ हजार १९४ जनाको मृत्यु भएको छ भने ८ लाख ८८ हजार ३०५ जनालाई संक्रमण भएको छ ।

त्यस्तै फ्लोरिडामा हालसम्म १६ हजार २१० जनाको मृत्यु भएको छ भने ७ लाख ६२ हजार ५३४ जनालाई संक्रमण भएको छ ।

अमेरिकामा बुधवार ६३ हजार ६६३ जना संक्रमित थपिएका छन् भने १ हजार २२५ जनाको मृत्यु भएको छ।

 


६ कात्तिक २०७७, बिहीवार ०९:१६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु