युवकले गरे अस्पतालको तेस्रो तलाबाट हाम फालेर आत्महत्या
लकाठमाडौं मेडिकल कलेजको तेस्रो तलाबाट हाम फालेर एक युवाले आत्महत्या गरेका छन्।
सोलुखुम्बुका २६ वर्षीय रोशन खड्काले सोमबार बिहान अस्पतालको तेस्रो तलाबाट हाम फालेका थिए। गम्भीर घाइते उनको उपचारको क्रममा मृत्यु भएको गौशाला प्रहरीले जनाएको छ।
घरमा हात, खुट्टा पोलेपछि खड्कालाई उनकी आमाले आइतबार मात्रै केएमसीमा भर्ना गरेकी थिइन्। सोमबार बिहान आमा औषधि किन्न गएका बेला खड्काले हाम फालेको महानगरीय प्रहरी वृत्त गौशालाका डीएसपी जितेन्द्र कुमार बस्नेतले।
उनी मानसिक रोगीसमेत रहेको र घटनाबारे थप बुझ्ने काम भइरहेको गौशाला प्रहरीले जनाएको छ।
३ कात्तिक २०७७, सोमवार ११:१८ बजे प्रकाशित












