स्कारपिओ दुर्घटना हुँदा पाँच जनाको मृत्यु, तीन घाइते

उदयपुरको कटारी नगरपालिका–१४ भदौरे भीरमा शनिबार राति स्कारपिओ दुर्घटना भएको छ । दुर्घटनामा पाँच जनाको घटनास्थलमा नै मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन् ।

भैरहवाबाट ओखलढुंगातर्फ जाँदै गरेको बा२०प ७१७१ नम्बरको स्कारपियो सिद्दिचरण लोकमार्गमा दुर्घटनामा परेको हो । दुर्घटनामा मृत्यु भएकामध्ये ओखलढुंगा मानेभञ्ज्याङ–९ का ३० वर्षीय रामबहादुर सार्की र २६ वर्षीय कर्मी सार्कीको मात्र पहिचान खुलेको छ ।

दुर्घटनामा ओखलढुंगाको मानेभञ्याङ–९ की २८ वर्षीय कुमारी सार्की, २२ वर्षीया कल्पना सार्की र चालक रुपन्देही त्रिगम्वा नगरपालिका–४ का २८ वर्षीय पवन खड्का गम्भीर घाइते भएका छन् ।

प्रहरीले ब्रेक फेल भएर दुर्घटना भएको हुन सक्ने अनुमान गरेको छ । उनीहरु भारतबाट दशै मान्नका लागि घर जाँदै गरेका थिए ।


२ कात्तिक २०७७, आइतवार ०८:५२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु