punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कैलालीमा चाडपर्व लक्षित निषेधाज्ञा जारी, उलंघन गरे कडा कारवाही (सूचनासहित)

Chaupati
safha napa

कैलालीमा चाडपर्व लक्षित निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय कैलालीले आज सूचना जारी गर्दै जिल्लामा पुनः निषेधाज्ञा जारी गरेको हो।

कोरोना संक्रमण दर दिनप्रति दिन बढ्दै गएको भन्दै अर्को आदेश नभएसम्म कार्तिक १ गतेदेखि पुनः निषेधाज्ञा जारी गरेको छ। सूचनाअनुसार निषेधाज्ञा उलंघन गरे प्रचलित कानून अनुसार कडा कारवाही गर्ने जनाइएको छ।

आदेश अनुसार तोकिएका मापदण्ड पूरा गरी लामो, मध्यम र छोटो दूरीका यातायात सञ्चालन गर्न पाइने भएको छ। तर सबै सार्वजनिक यातायातले २०७६ चैत ११ गतेभन्दा पहिले कायम गरिएको नियमित भाडा दर भन्दा कुनै किसिमको थप भाडा लिन नपाइने जनाइएको छ।

जिल्लाभित्र मेला, महोत्सव, खेलकुद प्रतियोगिता तथा जमघट समेत गर्न पाइने छैन । कुनै पनि मठ मन्दिर, गुम्बा, चर्च, मस्जित, गुरुद्वारालगायतका धार्मिक र साँस्कृतिक महत्वको स्थानमा हुने पूजापाठ बाहेकका मानिस जम्मा हुने गरी पूजा अर्चना, उत्सव, भजन कृर्तन, बलीलगायतका कुनै पनि कार्य गर्न नपाइने जनाइको छ।

त्यस्तै, राजनीतिक दल, संघ संस्था, क्लब, सञ्जाल, समूहहरुले भेला जम्मा भइ शुभकामना अदानप्रदान गर्ने लगायतका कुनै पनि कार्यक्रम गर्न नपाउने सूचनामा उल्लेख छ। सरकारी निकायले विगतको भन्दा थप व्यवस्थित हुने गरी सेवा प्रवाह गर्नै आदेश जारी गरिएको छ ।


१ कात्तिक २०७७, शनिवार १८:५१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु