संसद भवनमा आगजनी

काठमाडौं। जेन-जी आन्दोलनमा सहभागी प्रदर्शनकारीहरूले आज संसद भवनमा आगजनी गरेका छन्। प्रदर्शनकारीहरूलाई प्रहरीले रोक्ने प्रयास गरे पनि उनीहरूले संसद भवनको गेट अगाडि नै आगो लगाएका हुन्।

काठमाडौँको नयाँ बानेश्वर र माइतीघरमा जेन-जीको प्रदर्शनमा सहभागी १९ जनाको मृत्यु भएपछि आन्दोलन झन् भड्किएको हो। आक्रोशित प्रदर्शनकारीहरूले आज सिंहदरबारमा समेत आगजनी गरेका छन्।

विभिन्न राजनीतिक दलका पार्टी कार्यालय, नेताहरूको निजी निवास र सरकारी सम्पत्तिमा तोडफोड तथा आगजनी गर्ने काम जारी छ।

 


२४ भदौ २०८२, मंगलवार १४:५७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु