punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

धनगढी स्थित मायामेट्रो र कैलाली अस्पतालले प्रदर्शनको क्रममा घाइते भएकाहरुको निःशुल्क उपचार गर्ने

Chaupati
safha napa

धनगढी। धनगढी स्थित मायामेट्रो अस्पताल र कैलाली अस्पताल प्रा.ली.ले जेनजीहरुले गरेको प्रदर्शनको क्रममा घाइते भएका सबै पक्षका व्यक्तिहरुको निःशुल्क उपचार गर्ने भएका छन्।

दुबै अस्पतालले आज विज्ञप्ति जारी गर्दै सामाजिक उत्तरदायित्व अन्तर्गत सबै पक्षका घाईतेहरुको उपचार निःशुल्क गर्ने बताएका छन्। कैलाली अस्पताल प्रा.ली.का अध्यक्ष जनकराज जोशीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्। “हाल सुदूरपश्चिमका विभिन्न स्थानमा हिजो देखि जेनजीहरुले गरेको प्रदर्शनको क्रममा घाइते भएका सबै पक्षका व्यक्तिहरुको कैलाली हस्पिटल प्रा.लि.ले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत निःशुल्क उपचार गर्ने व्यवस्था गरिएको कुरा सम्बन्धित सबैको जानकारीको लागि यो जानकारी तथा प्रेस विज्ञप्ती प्रेशित गरिएको छ।
त्यस्तैे मायामेट्रो अस्पतालले पनि प्रेस विज्ञप्ति जारी गर्दै निःशुल्क उपचार गर्नेबारे जानकारी गराएको छ।

 


२४ भदौ २०८२, मंगलवार १४:५३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु