punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

विवाह खर्च कटाएर पशुहरूको लागि उद्धार केन्द्र स्थापना

Chaupati
safha napa

धनगढी। धनगढी उपमहानगरपालिका–५ मा बेवारिसे कुकुर र चराहरूको उद्धारका लागि एक विशेष पशु आश्रय केन्द्र (एनिमल सेल्टर) स्थापना गरिएको छ। यो मानवीय कदम वडाध्यक्ष गजेन्द्र शाहीको पहलमा सम्भव भएको हो।

वडाध्यक्ष शाहीले आफ्नै विवाहको खर्च कटाएर यो उद्धार केन्द्र निर्माण गरेका हुन्। उनका अनुसार उक्त केन्द्रमा बेवारिसे कुकुरहरूको लागि खानपान, छाना, उपचार तथा आवश्यक सेवा सुविधाको व्यवस्था गरिएको छ।

उनले भने, ‘कुकुर केवल जनावर होइन, यो इमानदार र धार्मिक रूपमा पनि महत्वपूर्ण जीव हो। तिनको संरक्षण गर्नु हाम्रो कर्तव्य हो।’

यस पशु केन्द्रमा कुकुर मात्र होइन, चराहरूका लागि समेत सुरक्षित आश्रयस्थल बनाइएको छ, जसले जीवप्रेम र सामाजिक उत्तरदायित्वको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको छ।


१ जेठ २०८२, बिहीवार १५:५४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु