punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

माओवादी सुदूरपश्चिम संसदीय दलको नेतामा खगराज भट्ट

Chaupati
safha napa

धनगढी। नेकपा माओवादी केन्द्रको सुदूरपश्चिम संसदीय दलको नेतामा खगराज भट्ट चयन भएका छन्।

पार्टी अध्यक्ष पुष्पकमल दाहालसहित शिर्ष नेताको उपस्थितिमा भट्ट १६ महिनापछि दलको नेतामा फर्किका छन्। माओवादी थालेको मध्य पहाडी लोकमार्ग अभियानको क्रममा विहीबार डडेल्धुरा पुगेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष नन्दकिशोर पुन पासाङ, महासचिव देव गुरुङ, उपमहासचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्जसहितका नेताहरूको उपस्थितिमा दलको नेता परिवर्तन गरिएको हो।

२०८० माघ १२ गते बहुमतबाट खगराज भट्टलाई हटाएर मानबहादुर धामीलाई दलको नेता बनाइएको थियो। यसैक्रममा माओवादीभित्र विवाद चल्दैआएको थियो। तर त्यो विवादले निकास पाएको हो। माओवादीका उपमहासचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज गिरीराजमणि पोखरेलले सबै सांसदहरूको उपस्थितिमा संसदीय दलको नेता परिवर्तन गरिएको जानकारी दिए।

माओवादी अध्यक्ष प्रचण्डले यसअघि नै संसदीय दलको नेता परिवर्तन गर्न लिखित तथा मौखिक निर्देशन दिदै आएका थिए। उनले आफ्नो पटक पटकको निर्देशन उल्लङ्घन भएपछि डडेल्धुरामा आफ्नै उपस्थितिमा बैठक राखेर विवादको समाधान गर्ने घोषणा गरेका थिए।


२ जेठ २०८२, शुक्रवार १०:१९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु