punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

नेकपा एकीकृत समाजवादीको उपाध्यक्षमा बझाङका जोशी विजयी

Chaupati
safha napa

धनगढी । नेकपा एकीकृत समाजवादीको उपाध्यक्षमा सुदूरपश्चिमको बझाङ घर भएका पूर्वमन्त्री भानुभक्त जोशी विजयी भएका छन् ।

एकीकृत समाजवादीको पदाधिकारीको लागि भएको निर्वाचन परिणामा अनुसार उपाध्यक्षमा जोशीसहित गंगालाल तुलाधर, जगन्नाथ खतिवडा, प्रकाश ज्वाला विजयी भएका हुन् ।

सुदूरपश्चिमबाटै उपमहाचिवमा गरिमा शाह निर्वाचित हुनुभएको छ । उपमहासचिवमा उहाँसँगै मेटमणि चौधरी, रामकुमार खड्का र राजेन्द्र राई विजयी हुनुभयो ।  यसैगरी सुदूरपश्चिमको अछाम घर भएका पूर्व मन्त्री शेर बहादुर कुँवर पनि नेकपा एसको सचिवमा विजयी हुनु भएको छ ।
सुदूरपश्चिम प्रदेशका निर्वतमान मुख्यमन्त्री दीर्घ बहादुर सोडारी भने सचिव पदमा पराजित हुनुभएको छ ।

सुदूरपश्चिम प्रदेशका नीति तथा योजना आयोगका उपाध्यक्ष गणेश विक दलित कोटाको सचिवमा निर्वाचित हुनुभएको छ ।


१२ भदौ २०८१, बुधवार ११:०९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु