punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

पुर्व प्रधानमन्त्री दाहाल र परराष्ट्रमन्त्री राणा धनगढी आउन लागेपछि सुरक्षामा कडाइ

Chaupati
safha napa

धनगढीः नेकपा माओवादीका अध्यक्ष पुष्पकलमल दाहाल (प्रचण्ड)सहित ठूलो संख्यामा नेताहरु धनगढी आउँदैछन्।

पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्ड दलबलसहित धनगढी पुग्दैछन्। पार्टीको प्रदेश परामर्श बैठकमा सहभागी हुने कार्यक्रम छ। प्रचण्डसहित पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्षद्वय अग्नि सापकोटा र पम्पा भुसाल, महासचिव देव गुरुङ, उपमहासचिव गिरिराजमणि पोखरेल, जनार्दन शर्मा, वर्षमान पुन, शक्ति बस्नेत, हरिबोल गजुरेललगायत नेताहरू पनि बैठकमा सहभागि हुँदैछन्।

उपमहासचिव पोखरेल अहिले माओवादीको सुदूरपश्चिम इन्चार्जसमेत हुन्। माओवादीको सुदूरपश्चिम प्रदेश संयोजन समितिमा कार्यरत केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीको परामर्श बैठक विहान ११ बजेबाट स्वास्थ्य तालिम केन्द्रमा सुरु हुँदैछ। दुई दिनसम्म चल्ने बैठकमा सुदूरपश्चिमबाट पार्टीका ६५ जना केन्द्रीय सदस्य र १२ जना प्रदेशका पदाधिकारी सहभागी हुने माओवादी केन्द्रका प्रदेश सचिव जनकबहादुर बुढाले बताए।

पार्टी निर्माणका लागि नेताहरूको सुझाव संकलन गर्न माओवादीले सातवटै प्रदेशमा बैठकहरू तय गरेको छ। सुदूरपश्चिममा पार्टीभित्र देखिएको विवादबारे पनि बैठकमा छलफल हुने नेताहरूले बताएका छन्। त्यस्तै नेपाली काङ्ग्रेस नेतृ तथा परराष्ट्रमन्त्री आरजु राणा देउवा पनि धनगढी पुग्दैछिन्।

गौरा पर्वमा सहभागी हुने कार्यक्रम तय गरिएको छ। केहीदिनअघि मात्र आरजु निवासमा शङ्कास्पद वस्तु फेला परेको थियो। सुरक्षा निकायले उक्त वस्तु बम हो की होइन भन्ने पुष्टि भने गरेको छैन। आज नै माओवादी अध्यक्ष प्रचण्डसहितका नेता र परराष्टमन्त्री राणा धनगढी आउन लागेपछि सुरक्षा सतर्कता बढाइएको छ। धनगढी विमानस्थलदेखि ६ लैन सडक हुँदै सबैतिर सुरक्षाकर्मी परिचालन गरिएको छ।


१२ भदौ २०८१, बुधवार १०:४९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु