अछामबाट भन्सार छलीका सामानसहित एक जना पक्राउ
अछाम । भन्सार छलीका सामानसहित अछामबाट कैलालीका एक जना पक्राउ परेका छन् ।
धनगढीबाट अछामको मंगलसैन तर्फ जाँदै गरेको ना ५ ख २४७५ नम्बरको बसलाई चेकजाँच गर्दा भन्सार छलीका सामानसहित कैलालीको घोडाघोडी नगरपालिका–१ सुख्खडका ३४ वर्षीय माधव बिकलाई प्रहरीले पक्राउ गरेको हो ।
बिल नभएका कपडासहित बिकलाई पक्राउ गरिएको प्रहरी चौकी चौखुट्टेले जनाएको छ ।
बिकको साथबाट दुई लाख तीन हजार ४५० मूल्य बराबरको ट्रयाक, टि–सर्ट, हाप पाईन्ट, उइनचिटर, टाउजर लगायतका सामान बरामद गरिएको प्रहरीले जनाएको छ ।
४ भदौ २०८१, मंगलवार १०:३६ बजे प्रकाशित