सुन तोलामा १ सय रुपैयाँ घट्यो, चाँदी बढ्यो
धनगढी । नेपाली बजारमा आज सुनको मूल्य सामान्य घटेको छ ।
सुन आज तोलामा एक सय रुपैयाँ घट्दै प्रतितोला एक लाख ५२ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ ।
सुन हिजो प्रतितोला एक लाख ५२ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो ।
सुनको मूल्य घट्दा आज चाँदीको मूल्य भने बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा १० रुपैयाँ बढ्दै प्रतितोला एक हजार आठ सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।
४ भदौ २०८१, मंगलवार १०:४२ बजे प्रकाशित































