punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कैलालीका सामुदायिक विद्यालयमा अब कक्षा ४ माथिको मात्र परीक्षा

Chaupati
safha napa

कैलाली । कैलालीका केही सामुदायिक विद्यालयले पूर्ण रूपमा निरन्तर मूल्यांकन प्रणाली कार्यान्वयनमा ल्याएक छन् । विद्यालयले कक्षा १ देखि ३ सम्म पूर्ण रूपमा निरन्तर मूल्यांकन लागू गरेका हुन् ।

अब कक्षा १ देखि ३ का लागि प्रश्नपत्र नबनाई निरन्तर मूल्यांकनका आधारमा विद्यार्थीको मूल्यांकन गरिने भएको छ ।

टीकापुर नगरपालिका र आसपासका पालिकाले कक्षा १ देखि ३ मा पूर्ण रूपमा निरन्तर मूल्यांकन लागू गरेका छन्। टीकापुरले यसै वर्षदेखि कक्षा १ देखि ३ पूर्ण रूपमा निरन्तर मूल्यांकन लागू गरेको हो ।

कक्षा १ देखि ३ सम्मको आउने भदौ ४ गतेदेखि हुने सामुदायिक विद्यालयको प्रथम त्रैमासिक परीक्षाको प्रश्नपत्र निर्माण नगर्ने र निरन्तर मूल्यांकनका आधारमा मूल्यांकन गरिने शिक्षा अधिकृत नरेश अवस्थी बताउँछन्।

‘अब हामीले ३ कक्षासम्म प्रश्नपत्र बनाउने, परीक्षा लिने काम गर्दैनौँ, निरन्तर मूल्यांकनका आधारमा उहाँहरूको नतिजा आउनेछ’, उनी भन्छन्, ‘साना नानीबाबुको केही समयको परीक्षाले मूल्यांकन हुँदैन भनी निरन्तर मूल्याकंन थालेका हौँ।’

जोशीपुर गाउँपालिकाले पनि यसै वर्षबाट निरन्तर मूल्यांकनलाई कडाइका साथ लागू गर्ने र अन्य कक्षाको लागि प्रश्नपत्र निर्माण गर्न थालेको छ। ‘हामीले पनि कक्षा ३ सम्म प्रश्नपत्र बनाउन छाडेका छौँ, शिक्षा अधिकृत संग्रामसिंह धामी उहाँ भन्छन्, ‘शैक्षिक सुधार, गुणस्तर वृद्धिमा ध्यान दिइरहेका छौँ। साना बालबालिकाको मूल्याकङ्नका आधारमा परीक्षा हुनेछ।’

शिक्षा अधिकृत धामी कुनै विद्यालयले विद्यार्थीको क्षमता बढाउन प्रश्नपत्रको आधारमा परीक्षा लिए पनि त्यसलाई नतिजाको आधार नबनाइने बताउँछन्। ‘परीक्षा अन्य प्रयोजनका लागि विद्यालयले लिन सक्नेछन्’, उनले भने, ‘परीक्षा त मासिक, साप्ताहिक परीक्षण हुनेछ तर कक्षामा लिइएको परीक्षा नतिजामा समावेश हुनेछैन।’

जानकी गाउँपालिकाले पनि यसै वर्षदेखि निरतनर मूल्यांकन शतप्रतिशत लागू गर्ने र अहिले सञ्चालित प्रथम त्रैमासिक परीक्षामा पनि कक्षा १ देखि ३ मा प्रश्नपत्र निर्माण नगरिएको शिक्षा अधिकृत धर्मानन्द कपाडी बताउँछन्।

‘विद्यालयलाई निरन्तर विद्यार्थी मूल्याकङ्नका लागि पुस्तिका उपलब्ध गराएका छौँ, पुस्तिकामा भएको मापदण्डअनुसार मूल्यांकन हुनेछ’, उनी भन्छन्, ‘त्यसैका आधारमा अन्तिम नतिजा प्रकाशित हुन्छ । कतिपय विद्यालयले विद्यार्थी ब्यस्त राख्न परीक्षा गरेको देखिन्छ तर यो आन्तरिक प्रयास मात्र हो।’


२९ साउन २०८१, मंगलवार ०९:२८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु