मोहन वैद्य नेतृत्वको पार्टी फेरि फुट्यो
काठमाडौं । मोहन वैद्य (किरण) नेतृत्वको नेकपा क्रान्तिकारी पार्टी फेरि फुटेको छ ।
हरिकृष्ण गजुरेललगायत युवा नेताहरूले वैद्यबाट समाजवादी क्रान्ति सम्भव नरहेको भन्दै पार्टी छोडेका हुन् ।
उनीहरूले आफूहरूसँग ७५ प्रतिशत नेता रहेको दाबी गरेका छन् । यसअघि धमेन्द्र बास्तोलालगायत नेताहरूले पार्टीबाट विद्रोह गरेका थिए ।
२९ साउन २०८१, मंगलवार ०९:०४ बजे प्रकाशित