मुख्यमन्त्री शाहले गरे भेटघाट बन्द
धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले व्यक्तिगत, संस्थागत र सामूहिक भेटघाट बन्द गरेका छन् । कार्य व्यस्तताका कारण उनले भेटघाट बन्द गरेको मुख्यमन्त्रीको निजी सचिवालयले जानकारी दिएको छ । हालै दोस्रो पटक मुख्यमन्त्री नियुक्त भएका शाह विश्वासको मत लिने तयारीमा रहेका छन् ।
शाहको कार्य व्यस्तता रहेकाले बधाईका कार्यक्रमहरु पनि भदौ १५ गतेसम्म बन्द गरिएको उनको सचिवालयले जनाएको छ ।
२८ साउन २०८१, सोमवार १२:१७ बजे प्रकाशित