बैतडीमा पहिरो खस्दा दुई घर भत्किए

बैतडी । वर्षासँगै पहिरो खस्दा डिलासैनी गाउँपालिकामा दुई घर भत्किएका छन् ।

डिलासैनी​–३ दौंखोलामा मुनिबाट पहिरो खसेपछि स्थानीय अम्मर बोहराका दुई घर भत्किएका हुन् ।

चार कोठे स्लेटले छाएको कच्ची घर र दुई कोठे पक्की घर भत्किएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए ।

घर भत्किँदा घरभित्र रहेका सबै अन्नपात र अन्य सामग्री नष्ट भएका छन् । पहिरोले घर भत्किएपछि १५ लाख बढीको क्षति भएको अनुमान गरिएको छ ।

 


२८ साउन २०८१, सोमवार १०:२६ बजे प्रकाशित

dipayal silgadhi

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु