punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

भीरबाट खसेको ढुंगा लागेर बैतडीमा एक महिलाको मृत्यु

Chaupati
safha napa

बैतडी । भीरबाट खसेको ढुंगा लागेर एक महिलाको मृत्यु भएको छ।

जिल्लाको दोगडाकेदार गाउँपालिका–१ रीम भदेलगडाकी ४० वर्षीया जुनकीरी भुलको भीरबाट खसेको ढुंगा लागेर मृत्यु भएको हो।

आइतवार बिहान साढे ११ बजेतिर घरबाट घास काट्नका लागि गइरहेकी जुनकीरीलाई रातापैरा भन्ने स्थानमा भीरबाट खसेको ढुंगा लागेको थियो।

उनको घटनास्थलमै मृत्यु भएको उनका आफन्तले बताएका छन्।

मृतक जुनकीरीका श्रीमान रोजगारीका लागि भारतको पिथौरागढमा रहेका छन्। उनका दुई छोरा र दुई छोरी रहेका छन्।


२१ साउन २०८१, सोमवार ११:४२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु