punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

जनमत पार्टीका केन्द्रीय सचिवसहित सात नेता-कार्यकर्ता निलम्बित

Chaupati
safha napa

काठमाडौं, असार २६ । जनमत पार्टीले केन्दी्रय सचिव विश्वेश्वरप्रसाद साह (बिपी) सहित सात जना नेता–कार्यकर्तालाई तीन महिनाका लागि निलम्बन गरेको छ।

निलम्बन हुनेमा केन्द्रीय सचिव साहसहित केन्द्रीय सदस्य रामेश्वर यादव, मर्चैया नगरपालिका कमिटीका सचिव कृष्णचन्द्र साह लगायत छन्।

गत असार २० गते बिहीबार बसेको जनमत पार्टी केन्द्रीय अनुशासन समितिको बैठकले आन्तरिक छानबिन समितिको प्रतिवेदनमाथि विचार गर्दै उनीहरूलाई कारबाही गरेको जनाएको छ ।

‘जनमत पार्टीको नीति निर्देशन र पार्टीको विधान विपरीत ढंगले अनुशासनहीनता प्रदर्शन गरिएकाले पार्टीको कुनै पनि कामकाजमा सहभागी नहुने गरी आजकै मितिबाट ३ महिनाको लागि निलम्बन गरिएको व्यहोरा जानकारी गराइन्छ,’ राष्ट्रिय सचिव अनिताकुमारी मण्डलले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ।


२६ असार २०८१, बुधवार १७:३३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु