दोहोरो पासपोर्ट र सहकारी ठगीबारे रविमाथि छानबिन गर्नुपर्छ : मुकुल ढकाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महामन्त्रीबाट बर्खास्त भएका मुकुल ढकालले सहकारी ठगीमा सभापति एवं गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्नुपर्ने बताएका छन् ।

पार्टीले कारबाही गरेपछि आज पत्रकार सम्मेलन गर्दै उनले लामिछानेमाथि छानबिन गर्नुपर्ने बताएका हुन् । उनले सर्वोच्च अदालतले नै लामिछानेमाथि अनुसन्धान गर्नुपर्छ भनिसकेको बताए ।

यो मुद्दामा उनी दोषी ठहर भए भोलिका दिनमा चुनाव नै लड्न नपाउने ढकालले बताए ।

जनताको कुरा बोल्दा कारबाही गरेको भन्दै उनले अगामी महिना प्रस्ताव यात्रामा जाने र कसरी जाने भनेर जनतालाई सोध्ने बताए ।

यस्तै ढकालले देउवाको सरकार बन्ने आशमा लामिछानेले सरकार नछाडेको आरोप समेत लगाए ।


२६ असार २०८१, बुधवार १६:५४ बजे प्रकाशित

dipayal silgadhi

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु