भोलिसम्म राजीनामा दिन प्रचण्डलाई एमालेको आग्रह
काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुधबारसम्म राजीनामा दिन आग्रह गरेको छ ।
मंगलबार बसेको एमाले सचिवालय बैठकले एमाले र कांग्रेसबीच भएको सहमति अनुसार सरकार निर्माणका लागि मार्ग प्रशस्त गर्न आह्वान गर्ने निर्णय गरेको हो ।
एमालेले कांग्रेससँग भएको सहमति अनुसार अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन हुँदैछ । एमालेले सोही सरकारलाई राष्ट्रिय सहमतिको बनाउन अरु दललाई पनि सहभागी हुन आह्वान गरेको छ ।
कांग्रेस र एमालेबीच नयाँ सरकार बनाउनका लागि सोमबार राति नै सहमति भएको छ । सरकारको नेतृत्वमा आलोपालो गर्ने र सुरुमा ओली प्रधानमन्त्री हुने सहमति भएको छ ।
१८ असार २०८१, मंगलवार १९:२७ बजे प्रकाशित