नूनको मूल्य बढ्यो
काठमाडौँ । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले नूनको मूल्य बढाएको छ ।
आयोनून एक किलो प्याकेटको रु २३ बाट बढेर रु २६ पुगेको छ । न्यू शक्ति नून एक किलोको रु १७ रहेकामा बढेर रु २० कायम भएको छ । यस्तै भानू नून एक किलोको मूल्य रु नौ तोकिएको छ ।
कर्पोरेसनबाट बिक्री वितरण भइरहेको नूनको आज राति १२ बजेदेखि लागू हुने गरी मूल्य समायोजन गर्ने निर्णय भएको कम्पनीले विज्ञप्तिमार्फत जनाएको हो ।
१८ असार २०८१, मंगलवार २१:५१ बजे प्रकाशित